सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

खुमलटार छाड्ने प्रचण्डको संकेत, कहाँ सर्दैछन् ?

खुमलटार छाड्ने प्रचण्डको संकेत, कहाँ सर्दैछन् ?

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 20.4K
    SHARES

  • खुमलटार छाड्ने प्रचण्डको संकेत, कहाँ सर्दैछन्  ?

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सधैं निवासका विषयमा विवादमा पर्दै आएका छन् ।

    सम्पत्तिको नाममा अलिकति जग्गा र तीन तोला सुन भएको बताउने प्रचण्ड करोड मूल्यको घरमा बस्दै आएका छन् । त्यसैले उनको भनाइ र वास्तविकतामा फरक देखिँदै आएको छ ।

    यसअघि काठमाडौंको लाजिम्पाटस्थित निवासमा बस्दै आएका प्रचण्ड एक मात्र छोरा प्रकाश दाहालको निधनपछि त्यहाँको बसाइ छाडेर हिँडेका थिए । त्यो घर पनि व्यापारी अजेयराज सुमार्गीले किनिदिएको चर्चा चलेको थियो ।

    सोही कारण प्रचण्ड र सुमार्गीबीच हार्दिक सम्बन्ध रहेको बताइएको थियो । लाजिम्पाटबाट ललितपुरको खुमलटारमा अत्याधुनिक महल ठेकेदार शारदाप्रसाद अधिकारीको रहेको खुलेको छ ।

    जुन घरमा धेरै समय प्रचण्डका छोरा प्रकाश कान्छी श्रीमती विना मगरसँगै बस्ने गर्थे । शैलुङ कन्सट्रक्सनका मालिक अधिकारीकै कारण आफ्नो राजनीति धुमिल बन्न थालेपछि प्रचण्डले खुमलटारबाट सर्ने संकेत गरेका छन् ।

    आइतबार राति जनता टेलिभिजनमा दिएको अन्तर्वार्तामा प्रचण्डल आफूले नयाँ घर खोज्न थालेको रहस्य खोलेका हुन्। ठेकेदार अधिकारीका हरेक काममा प्रचण्ड मुछिँदै आएका छन्। तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ।

    अन्तर्वातामा प्रचण्डले अधिकारीले गर्ने कामबारे आफूलाई थाहा नहुने भन्दै भने, ‘मैले अर्को घर खोज्न थालेको छु। घरबेटीले के लिन्छन् के गर्छन मलाई थाहा छैन। यी बाटाका ठेक्का म त्यहाँ जानुभन्दा पहिले नै भएका हुन्।

    मसँग गोरु बेचेको साइनो नै छैन। मल प्रकरणमा मैले कृषिमन्त्रीलाई मैले नै गल्ती गर्नेलाई कारबाही गर्नु भनेको छु।’ बुझिएअनुसार प्रचण्डलाई नयाँ घर खोज्ने काम बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले गरेको बताइएको छ। प्रसाईको लगानीमा चाँडै न्युजपोर्टल आउने भएको बुझिएको छ ।

    तर, मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले आफ्नो अध्यक्ष प्रचण्डसँग चार महिनादेखि भेट नभएको र घर सर्ने विषयमा आफूलाई कुनै जानकारी नभएको मिडियाडबलीलाई बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend