आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीले फेरि पनि दिए वामदेवलाई चक्मा, अब के होला ?

ओलीले फेरि पनि दिए वामदेवलाई चक्मा, अब के होला ?

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 11.7K
    SHARES

  • ओलीले फेरि पनि दिए वामदेवलाई चक्मा, अब के होला ?

     काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठनलाई केही दिन पर धकेल्ने भएका छन् । नेकपाभित्र नयाँ परिस्थिति देखापरेपछि तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने भएका हुन्।

    यसअघि भदौको तेस्रो साता मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थिति बनाएका प्रधानमन्त्री ओलीले पछिल्ला केही दिनका घट्नाक्रमका कारण पर सार्ने संकेत गरेका हुन्।

    पार्टीका अरु प्रमुख नेताका चाहनालाई अन्य बिभिन्न मन्त्रालयमार्फत पूरा गराएर अर्थमन्त्रीमा डा.युवराज खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्री ओलीको भित्री इच्छा थियो।

    आफ्नो रणनीतिअनुसार अघि बढ्न पाएको भए प्रधानमन्त्री ओली भदौको तेस्रो साता नै मन्त्रिमण्डल पुनर्गठन गर्ने योजनामा थिए। तर पार्टी सचिवालयको यसअघिको निर्णयलाई समेत आधार बनाएर उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको रिक्त पदमा आफूलाई नै मनोनित गर्नुपर्ने अडान लिएपछि ओली अप्ठेरोमा परे।

    त्यति मात्र होइन, तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्ना खास नेताहरूलाई सेफ ल्यान्डिङ गराउने अवस्थामा प्रधानमन्त्री छैनन् ।

    हालै मन्त्रीबाट राजीनामा दिएका खतिवडा, पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाका साथै स्वास्थ्यमन्त्री भानुभक्त ढकालदेखि गृहमन्त्री रामबहादुर थापा बादलको पदसमेत असुरक्षित भएपछि ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने घोषणा गरेका हुन् । उनले राम्रोसँग काम गर्न निर्देशनसमेत दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend