आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जाँदाजाँदै युवराज खतिवडाले ईश्वर पोखरेललाई फसाएको खुलासा !

जाँदाजाँदै युवराज खतिवडाले ईश्वर पोखरेललाई फसाएको खुलासा !

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 20.3K
    SHARES

  • जाँदाजाँदै युवराज खतिवडाले ईश्वर पोखरेललाई फसाएको खुलासा !

    काठमाडौं– गत मंगलबार राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष बन्ने गरी सदस्यमा नियुक्त डा. उपेन्द्रकुमार कोइरालाले आजसम्म बैठकमा उपस्थित हुने मौका पाएका छैनन् ।

    बुधबार एकाएक रोकिएको समिति बैठक बिहीबार ‘भर्चुअल’ मा आयोजना गरियो । तर, सपथग्रहण नभएकाले उनले सहभागिता जनाउन पाएनन् । कोइरालाको नियुक्तिलाई लिएर नेकपाभित्रै दुई खेमा देखिएको छ ।

    चर्को बिरोध भएकाले अब त्यहाँ पठाउन नहुने एकथरिले बताएका छन् । अर्काथरिले चाहिँ सामाजिक सञ्जाल रंगाउँदैमा झण्डै दुई तिहाईको सरकार निर्णयबाट पछि हट्न नहुने भनेका छन् ।

    ऋषि धमलासँगको अन्तर्वार्तामा स्वयं प्रधानमन्त्रीले उहिल्यै पिएचडी गरेको मान्छेलाई  ०६२–०६३ पछि नाता जोडिएका ईश्वर पोखरलसँग मुछ्ने? भन्नु भएतापनि कोइरालालाई आफूले नियुक्त गरेर सम्धीको आगो ईश्वर पोखरेलतिर झोस्ने काममा स्वयं खतिवडा प्रयोग भएको रक्षामन्त्रीनिकट नेता तथा कार्यकर्ताको आरोप छ ।  

    स्रोतका अनुसार भदौ २० नजिकिँदै जान थालेपछि सतहमा ईश्वरको राम्रो देखिने, अन्तर्यमा उनकै राजनीतिक खति हुने योजनासहित प्रचण्डमाथि बीना मगरलाई मात्रै उत्थान गरेको आरोप लाग्ने शैलीमा वाणिज्य बैंकमा कोइरालालाई लैजाने प्रपञ्च रचिएको जनआस्था साप्ताहिकले लेखेको छ ।

    उनीहरूका अनुसार ‘साँढे दुई वर्षअघि आफूमातहत राज्यमन्त्री राखेर काम चलाउन खोजिएका खतिवडा एकाएक अर्थमन्त्रीमा नियुक्त भएको र आफूलाई सकभर बिना बिभागीय र राष्ट्रपतिले हस्तक्षेप गरेपछि बल्ल रक्षामा थन्काइएको भन्दै पोखरेलले प्रधानमन्त्रीसँग चर्को असन्तुष्टि पोखेको रिसको जवाफ उनकै नातेदार प्रयोग गरेर दिइएको हो ।’ उनीहरूले थपे ‘निर्णय माथिको आदेशमा खतिवडाको, बदनामी ईश्वर पोखरेलको’ हुनेगरी मौकामा चौका हानेर पहिलेको झोँक फेरेका हुन् ।

    हुँदाखाँदाको वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्षलाई झिकेर फुत्त राजश्व बोर्डको सदस्यमा क्याबिनेट निर्णय गराई रिक्त ठाउँमा चौबिस घण्टा नबित्दै सरकारी नियुक्ति खान नपाएर नौ महिनादेखि छटपटाएका कोइरालालाई ‘फिट’ गर्न खतिवडा आफैँले सही धस्काइदिएका थिए । निमेषभरमा उक्त नियुक्तिको चौतर्फी बिरोध भयो । बिरोधको तारोमा सम्धी नाता भएका रक्षामन्त्री परे ।

    हुन पनि आजीवन कर्मचारी रहेर सधैं माथिको हुकुम तामेली गर्दै जुग बिताएका खतिवडा सचिवले लेख्ने टिप्पणीसमेत आफ्नो हातले यसरी सार भनेर खल्तीबाट कागज झिक्ने विशिष्ट बानीब्यहोरका अर्थविदको रूपमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयभरि प्रख्यात छन् ।

    यसवीच सर्वत्र चर्किएको बिरोधका कारण स्वयम् अर्थमन्त्री युवराज खतिवडाले नै तत्काल वाणिज्य बैंकमा नजान कोइरालालाई सुझाव दिएको र स्थिति शान्त भएपछि दशैंको छेको पारेर पारसलाई ज्ञानेन्द्रले युवराज घोषणा गरेझैं अध्यक्ष नियुक्त गर्ने योजना बनेको बताइएको छ ।

    साथै, उनले अर्थको बजेट महाशाखाका हाकिम तथा बाणिज्य बैंक सञ्चालक समिति सदस्य धनीराम शर्मालाई मौखिक रूपमा केही दिन कोइरालाको अनुपस्थितिमा आफैँले बैठक सञ्चालन गर्न निर्देशन दिएको पनि गाईंगुईं छ । कोइरालाले भने अध्यक्ष बन्ने भए मात्र आफू बैंक आउने, नत्र नआउने जानकारी पठाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend