सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डको भूपू किल्लामा कांग्रेसले गर्यो कमाल, प्रवेश गर्नेको लर्को

प्रचण्डको भूपू किल्लामा कांग्रेसले गर्यो कमाल, प्रवेश गर्नेको लर्को

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 7.3K
    SHARES

  • प्रचण्डको भूपू किल्लामा कांग्रेसले गर्यो कमाल, प्रवेश गर्नेको लर्को

    चौरजहारी - रुकुम पश्चिममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    चौरजहारी नगरपालिका–४ अमलाटाकुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका २७ जना स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई रुकुम पश्चिम कांग्रेसका नेताहरूले पार्टीमा प्रवेश गराएका हुन् ।

    रुकुम पश्चिम तत्कालीन माओवादीको लालकिल्लाका रुपमा परिचित छ । कम्युनिस्टहरूले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि जनताका दुःख कष्ट समाधानतिर ध्यान नदिएर व्यक्तिगत लाभमा लागेपछि नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

    कांग्रेस प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्टमा लागेर ठूलो भुल गरेको बताएका छन् । उनीहरूले नेपाली कांग्रेस मात्रै सिद्धान्त र सबै कुराले असल पार्टी भएको बताएका छन् ।

    नेकपा परित्यास गरेर कांग्रेस प्रवेश गर्नेमा नरबहादुर घर्ती, त्रिबहादुर घर्ती, गोपाल घर्ती, मानबहादुर घर्ती, गंगाराम घर्ती, केवल बुढा, डिले पुन, चित्रबहादुर थापा, अतिराम पुन, नेत्रबहादुर पुन, ओमप्रकाश टमटा, खिमबहादुर पुन, आइते घर्टी, मदु राना रहेका छन् ।

    त्यसै गरी, सार्के कामी, नैनसिंह थापा, भर्दे राणा, ओम्ल घर्ती, कमला घर्ती, चन्द्रबहादुर घर्ती, जितबहादुर थापा, मंगी पुन, सुवास विक, पूर्ण घर्ती, कुलबहादुर पुन, टंकबहादुर परियार र सुरेश परियार नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेस रुकुम पश्चिमले नेकपा छाडेर आएका नयाँ नेता तथा कार्यकर्ताहरूलाई समान व्यवहार गर्ने आश्वासन दिएको छ ।

    सत्तारुढ नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनार्दशन शर्मालगायतका नेताहरूले धोका दिएका पार्टी छाडेकाहरूको आरोप छ । यसअघि पनि रुकुम पश्चिममा नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend