काठमाडौं- केपी ओली सरकारका मन्त्रीमध्ये अहिले सबैभन्दा बढी आलोचित उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल बनेका छन् ।
सम्धी प्रा.डा.उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सदस्य मनोनीत गर्दै अध्यक्ष बनाउन खोजिएपछि मन्त्री पोखरेल विवादमा परेका हुन् ।
कोइरालाको यो सातौं राजनीतिक नियुक्ति हो । उच्च माध्यमिक शिक्षा परिषद्, नेपाल आयल निगम, मध्यपश्चिम विश्वविद्यालय हुँदै कोइराला राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्ने प्रयासमा छन् ।
तर, मिडियामा यो विषयबारे समाचार आएपछि अहिलेसम्म बैंकको सञ्चालक समितिको बैठक बस्न सकेको छैन । नेकपामा समेत सम्धीकाण्डले निकै तरंग सिर्जना गरेको छ ।
सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउन खोजेको भन्दै आलोचित रक्षामन्त्री पोखरेलले अर्थ मन्त्रालयका उपसचिव सेवन्तक पोखरेललाई कोलकातास्थित महाबाणिज्य दूतावासको इकोनोमिक काउन्सिलरमा पठाउन दबाब दिएको रहस्य बाहिरिएको छ ।
उनकै चाहनाअनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले पोखरेललाई इकोनोमिक काउन्सिलरमा पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पठाइसकेकाृ स्रोतले जनाएको छ । तर निर्णय हुन बाँकी रहेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।