काठमााडौं- ‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको म्युजिक भिडियो खिच्ने पक्राउ परेका छन् ।
नेपालको झण्डा, पूर्वराजादेखि नेताहरुको तस्बिरसमेत जलाइएको छ म्युजिक भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरिएको हो ।
उक्त म्युजिक भिडियोमा मुलुकको राष्ट्रियता, जातीय सद्भाव भड्काउन गरी आपत्तिजनक शब्दहरु प्रयोग भएपछि सर्वत्र विरोध भइरहेको छ । सो कार्यमा संलग्नलाई कारबाहीको माग गरिएका बेला सो म्युजिक भिडियोको छायांकन गर्ने पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको बताइए पनि हालसम्म परिचय भने खुलाइएको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।