आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली झण्डा जलाएपछी कांग्रेस प्रबक्ता शर्माले लेखे यस्तो, के छ कानुनी व्यवस्था ?

नेपाली झण्डा जलाएपछी कांग्रेस प्रबक्ता शर्माले लेखे यस्तो, के छ कानुनी व्यवस्था ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 6.8K
    SHARES

  • नेपाली झण्डा जलाएपछी कांग्रेस  प्रबक्ता शर्माले लेखे यस्तो, के छ कानुनी व्यवस्था ?

    काठमाडौँ- युट्युवमा सोमबार सार्वजनिक भएको एउटा र्‍याप गीतमा नेपाली राष्ट्रिय झण्डा र ढाका टोपी जलाएको दृश्यको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

    उक्त गीत सार्वजनिक भएसँगै राष्ट्रिय झण्डा र टोपी जलाउनेलाई कारवाही गर्नुपर्ने माग चर्को रुपमा उठेको छ।

    ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट हिजो सार्वजनिक भएको उक्त गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाएको देखाइएको छ।

    गीतका शब्दमा झण्डा र टोपीलाई अपमानजन शब्दहरु पनि प्रयोग भएका छन्। गीतमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ भने ढाका टोपीलाई कण्डोम भनिएको छ।

    ‘देशद्रोही’ नाम दिइएको गीतमा शब्दहरु सुन्दा झण्डालाई अपमान गर्ने उद्देश्यले नै जलाइएको स्पष्ट हुन्छ । गीतको भिडियोमा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा झण्डा प्रयोग गरिएको छ।

    गीतको सुरुवातमा नै बाहुन–क्षेत्रीलाई शरणार्थी भन्दै गाली गरिएको छ। भारतबाट राजा अकबरले लखेटेर नेपाल आएका शरणार्थी बाहुन–क्षेत्री भन्ने शब्द गीतमा प्रयोग भएको छ।

    साथै गीतमा पृथ्वीनारायण शाह, ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवालगायत नेताहरुको तस्बिरसमेत जलाइएको छ।

    टेकुमा उजुरी

    नेपालको राष्ट्रिय झण्डा र ढाका टोपी जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ। हेमराज थापा र उत्तम कार्कीले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन्। महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले आज (मंगलबार) निवेदन दर्ता भएकोबताए । 

    विश्वप्रकाश शर्मा 

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशको झण्डा जलाउनेलाई कारवाही गर्न कुनै छलफल, बहस आवश्यक नपर्ने टिप्पणी गरेका छन्।

    नेपालको झण्डा जलाएको तथा निश्चित जाति तथा समुदायलाई गाली गरिएको भिडियो युट्युबमा सार्वजनिक भएपछि शर्माले यस्तो ट्विट गरेका हुन्।

    'देशको झण्डा, नक्सा या अन्य कुनै पनि प्रतीक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै हुन्न। तत्काल खोजी गर्ने, गिरफ्तार गर्ने र कानुनमा व्यवस्था भएबमोजिम कडा कारवाही गर्ने,' शर्माले ट्विट गरेका छन्, 'नेपालको पहिचान र नेपालीको संवेदनशिलता उपरको प्रहार जोबाट होस्, त्यो कहिल्यै क्षम्य हुन्न।'

    के छ कानुनी व्यवस्था ?

    मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ। मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ।

    उक्त दफामा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुनेः

    (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन।

    (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७०४:४३:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend