मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

सिटिजन्स बैंकमा रहस्यमय सुनकाण्ड, यसरी भयो पर्दाफास 

सिटिजन्स बैंकमा रहस्यमय सुनकाण्ड, यसरी भयो पर्दाफास 

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 6.3K
    SHARES

  • सिटिजन्स बैंकमा रहस्यमय सुनकाण्ड, यसरी भयो पर्दाफास 

    काठमाडौं– सिटिजन्स बैंकमा लामो समयदेखि लुकाइएको सुन काण्डको पर्दाफास भएको छ । बैंकको ठिमीस्थित शाखाबाट प्रदान गरिएको सुन कर्जामा धितो राखिएको सुन नै फेला नपरेपछि रहस्य बाहिर आएको हो ।

    तत्कालीन सीईओ राजनसिंह भण्डारीको समयमा नै शाखाका खजाञ्चीले स्थानीय सुनचाँदी व्यवसायीसँग साँठगाँठ गरेर ४० लाख रूपैयाँको कर्जा प्रदान गरिएको थियो । बैंकमा सुन धितो राखिएको नभए पनि उक्त कर्जा वर्षौंदेखि नवीकरण हुँदै आएको थियो ।

    शाखामा सुन कर्जामा भएको अनियमितताको बारेमा तत्कालीन सीईओ, सञ्चालक समितिका अध्यक्ष र केन्द्रीय कार्यालयलाई जानकारी हुँदाहुँदै पनि गम्भीर ढंगले अनुसन्धान र छानबीन नगरेपछि राष्ट्र बैंकले विशेष निरीक्षण गरेको बुझिएको छ । स्रोतका अनुसार पहिले कर्जा लिएका सुन व्यवसायीलाई गुपचुप धितो वापतको सुन बैंकमा बुझाउन लगाइएको थियो ।

    तर, केही समयपछि तिनै व्यवसायी तथा ऋणीले धितो राखिएको भनिएको सुनको गुणस्तरमाथि शंका गर्दै आफ्नो नभएको जिकीर गरे । सिटीजन्स र राष्ट्र बैंकबीच मनमुटाव बढ्दै गएपछि उक्त विषय नेपाल राष्ट्र बैंकमा पुगेको थियो । त्यहि विषयमा टेकेर राष्ट्र बैंकले विशेष निरीक्षण गरेपनि प्रतिवेदन तयार नभइसकेको बताइन्छ ।

    केन्द्रीय बैंकमा दुई दशकभन्दा बढी काम गरेका चार्टर्ड एकाउण्टेण्ट तत्कालीन सीईओ तथा हालका अध्यक्ष राजनसिंह भण्डारीको सिटिजन्स बैंकमा संस्थागत सुशासनको चर्को अभाव देखिएको राष्ट्र बैंक, सुपरीवेक्षण विभागका कर्मचारी बताउँछन् ।

    उनीहरूका अनुसार ‘ठिमी शाखाको सुन काण्ड एउटा उदाहरण मात्र हो । हेड अफिसदेखि अन्य धेरैवटा कार्यालयमा बैंकबाट प्रदान गरिएका कैयौं कर्जा असरल्ल देखिन्छन् ।’ राष्ट्र बैंक सुपरीवेक्षण विभागको अनौपचारिक निश्कर्षमा ‘दशकौंसम्म बैंकको व्यवस्थापन र उच्च व्यवस्थापनमा एकल व्यक्ति हाबी हुँदै जनशक्ति योजनाअन्तर्गत ‘सक्सेसर’ निर्माण नगरेको परिणाम नै सिटिजन्सको हालको खस्किँदो अवस्था रहेको’ बताइएको छ ।

    स्थापनाकालदेखि नै स्रोत नखुलेका शेयरधनी लगानीकर्ताहरु मिलेर खोलिएको उक्त बैंक स्वीकृतिका लागि राजनसिंह भण्डारीलाई कार्यकारी प्रमुख बनाइएको थियो । भण्डारी राष्ट्र बैंककै पूर्वकर्मचारी भएकाले पनि सिटिजन बैंकको कतिपय अनियमिततामा केन्द्रीय बैंकले आँखा चिम्लिदै आएको थियो । भण्डारी अहिले बैंकका अध्यक्ष भए पनि भित्रीरुपमा कार्यकारी प्रमुखले गर्ने सबै काम उनले नै गर्दै आएका छन् । दृष्टी साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:१३:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend