ओखलढुंगा- मलेसियामा दुख गरेर नेपालमा सहयोग गर्ने नेपालीहरुलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले धन्यवाद ज्ञापन गरेका छन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका-०४ मा तिलक नेपालीको छोरी ६ बर्षिया नानी सविता नेपालीलाई मलेसिया एकता समाजले सहयोग गरेको हो ।
समाजले सहयोग गरेको ४३,१४५ रुपैया हस्तान्तरण गर्दै पूर्वसांसद खतिवडाले सहयोग अभियानका अभियानकर्ता सुजन घिमिरे र अन्य टिमलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तोविषम परिस्थितिमा समेत आफ्नो घरमा पठाउनु पर्ने पैसालाई सामाजिक सेवामा पठाउनुहुने पबित्र नेपाली मनहरु सबैमा कृतज्ञता व्यक्त गरेका छन् ।
सांसद खतिवडाले यस्ताकाममा सधैं एकजुट हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।