मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

ओलीले दिए प्रचण्डकी बुहारी बिना मगरलाई ठूलो झट्का, के हो कारण? 

ओलीले दिए प्रचण्डकी बुहारी बिना मगरलाई ठूलो झट्का, के हो कारण? 

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 13.7K
    SHARES

  • ओलीले दिए प्रचण्डकी बुहारी बिना मगरलाई ठूलो झट्का, के हो कारण? 

    काठमाडौं–काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मिलनकुमार शाक्यले बाजी मारेका छन् । सर्ट लिस्टिङमा परेका अन्य ४ प्रतिस्पर्धीलाई पाखा लगाउँदै शाक्य सीईओ बन्न सफल भएका हुन् । प्रमुख कार्यकारी अधिकृत छनोट सिफारिस समितिको सिफारिसका आधारमा बुधबार बसेको केयूकेएल सञ्चालक समितिको बैठकले शाक्यलाई सीईओ बनाउन सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले उनलाई सीईओ नियुक्त गरेकी हुन् ।

    यसअघि पनि केयूकेएलको सीईओ शाक्य नै थिए । महेश भट्टराईको कार्यकाल सकिएपछि उक्त जिम्मेवारी पाएका शाक्य खुला प्रतिस्पर्धाबाट पुनः सोही जिम्मेवारी लिन सफल भएका छन् । शाक्यको कार्यकाल आगामी ४ वर्षसम्म रहनेछ । उनी केयूकेएलका अनुभवीका साथै स्वच्छ छविका मानिन्छन् ।

    केयूकेएलले गत चैत २८ गते पहिलो पटक खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न विज्ञापन आह्वान गरेको थियो । सिफारिस समितिले आवेदकमध्येबाट ५ जनाको नाम सर्ट लिस्टिङ गरेको थियो । जसमा शाक्यसँगै ई. अर्जुनबाबु ढकाल, डा. डोलप्रसाद चापागाईं, भूपेन्द्रप्रसाद अर्याल र ई विद्यानाथ भट्टराई समेटिएका थिए । 

    सर्ट लिस्टिङपछि सीईओका केही आकांक्षीहरू आफ्नो पल्लाभारी पार्न राजनीतिक लबिङमा लागेका थिए । खासगरी सर्ट लिस्टको पहिलो नम्बरमा परेका गोरखाका अर्जुनबाबु ढकालले सीईओ बन्न ठूलै मिहिनत गरेको चर्चा चलेको साँघु साप्ताहिकले छापेको छ । शेरबहादुर देउवाको आशीर्वादमा खानेपानी संस्थानको महाप्रबन्धक बनिसकेका र असक्षमको टीका लगाएर बाहिरिएका धुर्त ढकालले विभागीय मन्त्री बीनाका भाइमार्फत मन्त्रीसँग सम्बन्ध विस्तार गर्न सफल भएको चर्चा चलेको थियो । 

    त्यसकै प्रभाव हो या के हो बीनाले वामपन्थी विचारधारा राख्ने अनुभवी र इमान्दार शाक्यलाई पन्छाउँदै खाँटी कांग्रेसी अर्जुनको पक्ष लिएकी थिइन् । माओवादी पृष्ठभूमिबाट उदाएकी बीनाले दागी र राजनीतिक आस्थासमेत नमिल्ने ढकालको पक्ष लिएपछि उनको नियतमाथि नै प्रश्न उठाउन थालिएको थियो । 

    यद्यपि, उनको कुनै जोर चलेन । जानकारहरू प्रधानमन्त्रीको हस्तक्षेप, छनोट समितिको सिफारिस र केयूकेएलभित्रको चाहनाका कारण बीनाको सपना तुहिएको बताउँछन् । केयूकेएलका एक कर्मचारीले गलत व्यक्तिको हातमा जान लागेको नेतृत्व अन्ततः सही र योग्य व्यक्तिको हातमा पुगेको टिप्पणी गरे । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ३० २०७७११:०२:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend