काठमाडौं– ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित उनीहरुले अनशन तोडेका हुन्।
आइतबार अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाए ।
ईः र स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्यकर्मी कसैलाई पीपीई अभाव भयो भने स्वास्थ्य मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदामा सहमति भएको छ ।
कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले खबरदारी गर्दै आएका छन् । सरकारलाई दबाव दिने उद्देश्यले यसअघि पनि असार २२ गते पनि ईः अनसन बसेका थिए ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पीसीआर परीक्षणको दायरा बढाउने, आरडीटी परीक्षण बन्द गर्ने, क्वारेन्टिन व्यवस्थित गर्नेलगायतका १२ बुँदामा सहमति जनाएपछि ईः ले अनसन तोडेका थिए । तर एक हप्तासम्म पनि सहमति कार्यान्वयन नभएपछि ईः ले दोस्रोपटक साउन ३ गतेबाट फेरि अनसन सुरु गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।