मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

यी हुन्, सरकारी रकम श्रीमती र भतिजको खातामा राख्ने लेखापालसहित ४ जना, यसरी परे पक्राउ

यी हुन्, सरकारी रकम श्रीमती र भतिजको खातामा राख्ने लेखापालसहित ४ जना, यसरी परे पक्राउ

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 4.8K
    SHARES

  • यी हुन्, सरकारी रकम श्रीमती र भतिजको खातामा राख्ने लेखापालसहित ४ जना, यसरी परे पक्राउ
    फाइल तस्वीर

    रुकुमपश्चिम– सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन्।

    बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
    प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ। लेखापाल केसीले गत वर्ष २०७६–७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रूपैयाँ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए।

    विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरूको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरूले गाउँपालिकाकै खातामा जम्मा गरेका थिए।

    उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन्। बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो।

    अहिले जिल्ला प्रशासन कार्यालयले छानबिनसमेत थालेको छ। रातको समयमा काम गरिरहेको खबर आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए। रातको समयमा कार्यालय जानुका कारण खोजी भइरहेको उनले बताए।

    ‘कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ,’ उनले भने, ‘कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ, अनुसन्धान भइरहेको छ।’

    अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र दिउँसो थप अनुसन्धान गरिने जनाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २३ २०७७०९:५०:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend