काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।
प्रचण्डको निजी निवासमा बाहिरी घेरामा खटिएका नेपाल प्रहरीका ६ जनामा संक्रमण देखिएको थियो ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सबैभन्दा बाहिरी घेराका सुरक्षाकर्मीका संक्रमण देखिएको बताएका थिए। उनीहरुलाइ कोरोना पुष्टी भएसंगै पचण्डसहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण गरिएको थियो।
प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् ।
प्रचण्डको सुरक्षामा अहोरात्र खटिने संक्रमित सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना समेत उनले गरेकी छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।