सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली एकाएक शक्तिशाली भएपछी प्रचण्ड र नेपाल तनाबमा, गौतमको अडानले खैलाबैला

ओली एकाएक शक्तिशाली भएपछी प्रचण्ड र नेपाल तनाबमा, गौतमको अडानले खैलाबैला

  • मिडिया डबली
  • सोमवार, श्रावण १९ २०७७

  • 7.2K
    SHARES

  • ओली एकाएक शक्तिशाली भएपछी प्रचण्ड र नेपाल तनाबमा, गौतमको अडानले खैलाबैला
    प्रचण्ड र ओली

    काठमाडौं - सत्तारुढ दल नेकपाभित्र समिकरण परिवर्तन भएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयमा बहुमत जुटाउन सफल भएका छन् ।

    एक महिनादेखि जारी नेकपाभित्रको विवाद समाधान गर्न भन्दै उपाध्यक्ष वामदेव गौतमले छ बुँदे सहमतिको खाका अगाडि सारेसँगै ओली बहुमतमा पुगेका हुन् ।

    सचिवालयमा अल्पमतमा रहेका ओलीलाई पछिल्लो सयममा उपाध्यक्ष गौतम र सचिवालय सदस्य रामबहादुर थापाले साथ दिएपछि ओली थप बलियो भएको हो ।

    ओलीको पक्षमा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा उभिएका छन् ।

    नौ सदस्यीय सचिवालयमा ओली बहुमतमा पुगेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल तनाबमा परेका छन् ।

    नौ सदस्यीय सचिवालय ओली नेपालको पक्षमा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका थिए  ।

    वामदेव गौतमको आडमा प्रचण्ड नेपालले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद कुनै पनि हालतमा छोड्न दबाब दिएका थिए ।

    तर गौतमको युर्टन भएसँगै प्रचण्ड नेपाल पक्ष हच्चिकिएका छन् । ओली र प्रचण्डबीच ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी लिएर पार्टी सञ्चालन गर्ने यसअघि नै सम्झौता भएपनि वरिष्ठ नेता नेपालको असन्तुष्टिको कारण विवाद सुल्झिन नसकेको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend