काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले जानकारी मुलक सन्देशसहित मास्क घरघर पठाएर कोरोनाबाट बच्न अपील गरेका छन् ।
सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. ४ का जनतालाई कोरोनाबाट बच्ने उपायको पर्चासहित केही मास्क घरघर पठाएका छन् ।
उनले कोरोनाबाट बच्न सरसफाइ, बेलाबेला साबुन पानीले हातधुने, मास्क लगाउने, धेरै भिड हुने स्थानमा नजाने लगायतका सूचना मुलक पर्चा क्षेत्र नं. ४ का सबै घरहरूमा पुर्याउन शुरु गरेका छन् ।
कोरोनाबाट आफ्नो क्षेत्रका जनतालाई सचेत गराएर महामारीबाट बचानका लागि थापाले प्रयासहरू गरिरहेका छन् ।
थापाको यो अभियानबाट आत्तिएका कम्युनिस्टहरूलाई भने टाउको दुःखाइ भएको छ । लकडाउनका बेला समस्यामा परेकाहरूलाई सो क्षेत्रमा थापाले यसअघि पनि राहत विरतण गरेका थिए ।
कांग्रेसका सांसद थापा पछिल्लो समय आफ्नो क्षेत्रमा केन्द्रित रहेर कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर सर्वसाधारणलाई अनुरोध गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।