मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

डरलाग्दो अवस्था देखिएकाे भन्दै देउवाले गरे चाैतर्फि एकताकाे आह्वान

डरलाग्दो अवस्था देखिएकाे भन्दै देउवाले गरे चाैतर्फि एकताकाे आह्वान

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 13.9K
    SHARES

  • डरलाग्दो अवस्था देखिएकाे भन्दै देउवाले गरे चाैतर्फि एकताकाे आह्वान

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एक हुनु पर्ने अवस्था सिर्जना भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहितलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

    सरकारमा प्रजातन्त्रविरोधी शक्तिहरु रहेको एवं देश डरलाग्दो स्थितीमा पुगेको भन्दै उनले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको समेत बताए ।

    प्रेस स्वतन्त्रता कमजोर पार्ने, फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ आएको उनले बताए । उनले भने, ‘‘डरलाग्दो अवस्था छ । लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छ, जसले भोली आउने च्याजेञ्जहरु सामना गर्न सकियोस् । प्रजातन्त्रको सुदृढीकरण गरेर नेपाललाई पूर्ण रुपमा गणतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनाउनुका साथै राष्ट्रिय एकताका लागि एक हुनु आवश्यक छ ।’’ सभापति देउवाले थापालाई अहिले सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराउँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताए । थापा लगायतका नेताहरुको प्रवेशले पार्टी बलियो बनाउने विश्वास देउवाले गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend