काठमाडौं- प्रदेश न. ५ का मुख्यमन्त्री एवं सत्तारुढ दल नेकपाका नेता शंकर पोखरेलले कालापानी क्षेत्रको सीमा विवाद पुरानै भएको बताएका छन्।
उनले नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफु प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले अहिले मैले हो भन्न कसरी सकेको भन्दै टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’
यस अघि शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले नक्सामा ओलीले एकल जस लिएको प्रति आपत्ति जनाएका थिए।
गत मंसिर-पुसमा बसेको स्थायी कमिटी बैठकेदेखि माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि नक्सा प्रकाशित गर्न गरेको निर्णयलाई सरकारले अटेर गरेको र जेठ २ गते नीति तथा कार्यक्रमअघि बसेको सचिवालय बैठकबाट मुख्य सचिवलाई फोन गरेर सो विषय थप्न लगाइएको उनले बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।