आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली प्रचण्डबीच भनाभन, ओलीलाई जवाफ फर्काउँदै प्रचण्डले दिए यस्तो दनक

ओली प्रचण्डबीच भनाभन, ओलीलाई जवाफ फर्काउँदै प्रचण्डले दिए यस्तो दनक

  • मिडिया डबली
  • शनिवार, श्रावण १० २०७७

  • 81.6K
    SHARES

  • ओली प्रचण्डबीच भनाभन, ओलीलाई जवाफ फर्काउँदै प्रचण्डले दिए यस्तो दनक

    काठमाडौं– सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच भनाभन भएको खुलसा भएको छ।  साउन २ गते बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भनाभन भएको खुलेको हो। 
    दुई अध्यक्षबीचको छलफलमा ओलीले प्रचण्डलाई एउटा प्रस्ताव राखे।

    ‘पार्टीमा डेडलक आयो, अर्ली महाधिवेशन गरौं। सबै मतभेद त्यहाँबाट समाधान गरौंला, प्रधानमन्त्रीको पूरा कार्यकाल म चलाउँछु, बाँकी नेतृत्वको विषयमा छलफल गरौंला,’ ओलीको भनाइ थियो।

    शुक्रबार खुमलटारमा केही केन्द्रीय सदस्यहरुसँगको कुराकानीमा प्रचण्डले भने, ‘मैले हुँदैन भन्न सकिनँ। तर स्थायी समितिमा छलफल गरौं भनेँ।’
    अध्यक्षद्वयबीचको यही समझदारी अनुसार साउन ३ गतेको सचिवालय बैठकमा ओली मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखे।

    बैठकमा ओलीको प्रस्तावमा प्रचण्ड चुपचाप देखेपछि वरिष्ठ नेता माधव नेपाल झस्किए। ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर यही सहमति गर्न शीतल निवास गए। महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि त्यहाँ पुगेका थिए।

    तर, सहमतिमा हस्ताक्षर हुनुभन्दा अघि ओलीले प्रचण्डसामु अर्को प्रस्ताव तेर्स्याए। ‘महाधिवेशनबाट तपाईं अध्यक्षपनि हुनुस् म प्रस्ताव लैजान्छु, अर्को निर्वाचनपछि पाँच वर्ष प्रधानमन्त्री पनि हुनुस्,’ ओलीले प्रचण्डलाई भने, ‘तर, पूर्वएमालेतर्फको सेन्टिमेन्ट राख्नलाई तपाईंले एउटा सानो कुरा मान्नुपर्छ।’

    त्यो भनेको के हो भनी प्रचण्डले जिज्ञासा राखे। जवाफमा ओलीले भने, ‘तपाईंले जबज बोक्नुपर्छ।’

    ‘त्यसो भए यो कुरा नगरौं,’ प्रचण्डले भने, ‘तपाईंले भनेअनुसार पहिला म एमालेमा प्रवेश गरेर अध्यक्ष र प्रधानमन्त्री हुनुपर्ने हो?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend