सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीलाई प्रचण्डको काउन्टर अट्याक, गरे भण्डाफोर !

ओलीलाई प्रचण्डको काउन्टर अट्याक, गरे भण्डाफोर !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 23.8K
    SHARES

  • ओलीलाई प्रचण्डको काउन्टर अट्याक, गरे भण्डाफोर !

    काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीले पार्टीको निर्णयको जस व्याक्तिले लिन नमिल्ने भन्दै चेतावनी दिएका छन् । पार्टीको निर्णयको एकल स्वामित्व लिन खोजेर अरूलाई राष्ट्रघाती बनाउन खोजेको आरोप लगाउँदै उनले चेतावनी दिएका हुन् ।

     भारतले नेपालको भूमि मिचेर नक्सा जारी गरेपछि नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर सरकारलाई नक्सा सार्वजनिक गर्न भन्दा नगरिएको तर पछि मात्र एकल रुपमा स्वामित्व लिन खोजेको गुनासो दाहालले गरेका हुन् ।

    नेकपाका संस्थापक पुष्पलालको स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै उनले भने, ‘पार्टीले गरेको निर्णय व्यक्तिको खल्तीमा हाल्न खोजिए राम्रो नतिजा ल्याउँदैन, कार्यकर्तालाई नाराजुलुसमा लगाउने काम भएको छ। यो राम्रो संकेत होइन।’

    दाहालले पार्टी विभाजन हुन नदिन आफूहरू अन्तिम प्रयासमा रहेको बताएका छन् । ‘पार्टी विचार र विधिबाट चल्ने हो, यसो भएन भने पार्टी बन्दैन, एकताप्रति माया छैन भने कुनै न कुनै तरिकाले क्षति पुग्छ हामी कुनै पनि हालतमा विभाजन हुन दिने छैनौं। एकताबद्ध बनाउनकै लागि लागिरहेका छौं। पार्टीलाई विचार र विधिमा अघि बढाउन लागिरहेका छौं।’

    अध्यक्ष दाहालले अब पार्टीमा विधिपद्धति विकास भई खारिएको र एकताबद्ध हुने बताए। ‘तपाईंहरुलाई पार्टी विभाजन हुन्छ कि के हुन्छ भन्ने आशंका होला,’ उनले भने, ‘यो सामान्य स्थितिमा निर्माण भएको पार्टी होइन कसैले चाहेर विभाजन हुने।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend