मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

भक्तपुरमा बाढीकाे वितण्डा, जनताकाे विचल्ली!

भक्तपुरमा बाढीकाे वितण्डा, जनताकाे विचल्ली!

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 8.3K
    SHARES

  • भक्तपुरमा बाढीकाे वितण्डा, जनताकाे विचल्ली!
    फाइल तस्बिर

    काठमाडौं-  दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् ।

     हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुरका वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् । घरमा हनुमन्ते पस्दा भुइँतलाका सामान डुबाएका छन् भने मानवीय क्षति नभए पनि भौतिक सामग्री डुबानमा परेका छन् । 

    हनुमन्तेको बाढी बस्तीमा पस्दा बाराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेको भक्तपुर–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए । बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ । हनुमानघाट र यहाँको बस्ती, नजिकै रहेको सिद्धिस्मृति अस्पताल एवं वृद्धाश्रम, सूर्यविनायकको राम मन्दिरसँगै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय, यहाँका बस्ती, बाराहीस्थानको ज्ञानतारा स्कुल र दर्जनौँ घर डुबानमा परेका छन् । 

    बाराहीस्थानमा पुलको मुख नै थुनिएपछि स्थानीय र जनप्रतिनिधिले पुलमुनि थनिएका सामग्री निकालेका थिए । भक्तपुर वडा १ का सल्लाघारी क्षेत्रमा रहेको बस्ती र इवामुरा मेमोरियल अस्पताल डुबानमा परेको छ । भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यहाँको बस्ती र धानखेतमा बाढी पसेर क्षति पु¥याएको जानकारी दिए । यता सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका अधिकांश भूभाग डुबानमा परेका छन् । 


    बालकोटको चारदोबाटो क्षेत्रभन्दा तलका अधिकांश बस्ती डुबानमा परेका छन् । बालकोट रेडक्रस पछाडि, कौशल्टारभन्दा तलको क्षेत्रका बस्ती र धान खेतसमेत डुबानमा परेको सूर्यविनायक नगरपालिका वडा नं। २ का वडा सदस्य सुवास कार्कीले जानकारी दिए । बालकोट वडा नं। २ हाइटका बस्ती समेत डुबानमा परेका छन् । बस्ती विकाससँगै पानीको निकास थुनिएपछि बङ्गलामुखी मार्गको बाटोमुनिका बस्ती डुबानमा परेको छ । 

    उता गोदावरी खोला किनाराका बस्ती पनि डुबानमा परेको कार्कीले जानकारी दिए । कौशल्टार इङ्लिस स्कुललगायत आसपासका बस्ती डुबानमा परेको छ । त्यस्तै सूनपा वडा नं। ५ दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तलको अधिकांश बस्ती डुबानमा परेको छ । कटुञ्जेको गणेधारा टोलका ६० घर डुबानमा परेको स्थानीय युवराज घिमिरेले जानकारी दिए । 

    यहाँको घट्टेखोलाको पानी बस्तीमा पसेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुइँतला जलमग्न भएको र भौतिक क्षति भएको उनले जानकारी दिए । गणेधारा टोल सुधार समितिका अध्यक्ष अनिता पाण्डेले घट्टेखोलामा लगाएको पर्खालसमेत भत्काएको र अचानक बस्तीमा पानी पसेपछि आवतजावत गर्नसमेत रोकिएको बताए । 

    बाढी बस्तीमा पस्दा मानवीय क्षति नभए पनि लाखौँको भौतिक क्षति भएको उनको भनाइ छ । हनुमन्ते करिडोर निर्माण भएका क्षेत्र यसवर्ष डुबानमा नपरे पनि करिडोर निर्माणमा अबरोध पु¥याएर रोकिएका भक्तपुर नगरपालिका क्षेत्र, सूर्यविनायक नगरपालिकाका बालकोट क्षेत्र डुबानमा परेका छन् । हनुमन्ते करिडोर बनेको क्षेत्रमा विगतका वर्षमा डुबानमा परे पनि यसवर्ष भने डुबान भएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७०९:१९:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend