चितवन- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाइ बिभाजित हुन नदिन आफुलै निकै मेहनत गरेको दम्भ व्यक्त गरेका छन् । उनले हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताएका हुन् ।
पार्टीको एकतालाई जीवन्त राख्नको लागि आँफु सदैव कटिवद्ध रहने तर, विधि पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक पर्ने भएकोले पार्टी विधि र पद्धतिमा चल्ने उनको भनाइ छ ।
आइतबार नेकपा पार्टी कार्यालय मदननगर भरतपुरमा भएको भेलामा अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर कम्युनिष्ट पार्टी निर्माण गर्ने अठोटका साथ विगतमा निर्वाचनमा गएको बताउँदै त्यसको परिणाम स्वरूप झन्डै दुइ तिहाइ नजिकको जनमत नेपाली जनताले दिएको उल्लेख गरे । उनले जनताले दिएको म्यान्डेट पूरा गर्नको लागि नै कोही कसैलाई भाग्ने वा बाहानाबाजी गर्ने छुट नेकपामा नभएको बताए।
उनले हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको धारणा व्यक्त गरे । ठूलो पार्टीमा विवाद आउनु नौलो नहुने बताउँदै उनले विधि र जनवादी केन्द्रीयताको आधारमा एकदाबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।