चितवन - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको विवादमा आफुले चाहेको भए स्थिती अर्कै भइसकेको हुने बताएका छन् । गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु रहेको बताएका हुन् ।
उनले आफुले अन्तिमसम्म पार्टी दुर्घटना हुन नदिने बताएका छन्, ‘पार्टीको एउटा अध्यक्ष र तपाईहरुको जनप्रतिनिधिको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्मिमसम्म धर्यतमापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’
त्यस्तै उनले आफुले हतार गरेको भए पार्टी जुसुकै अवस्थामा पुग्न सक्ने समेत बताएका छन् । यस विषयमा बोल्दै उनले भने, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ । जतिसुकै अप्ठ्यारो भएपनि हल निक्लिन्छ भन्ने विश्वास मैले लिएको छु । र, अर्को अध्यक्षसँग भएको वार्ताको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’
प्रचण्डले पार्टी सहमतिमा पुग्न सक्ने संकेत गरेका छन् । यद्यपी नेकपाभित्र विवाद उत्पन्न गराउने एउटा प्रचण्ड पक्ष नै थियो भने अर्काे ओली पक्ष, प्रचण्डले भने आफु चोखिन आफुले चाहे जेसुकै हुनसक्थ्यो भन्ने टिप्पणी गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।