काठमाडौं - नेकपाको भविष्य दुईदिनपछि थाहा हुने सत्तारुढ नेकपाका नेताहरुले बताएका छन् । पार्टी विवाद साम्य पार्न सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेताहरु बीना एक्लै छलफल भएको थियो।
नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ गतेसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा लागेका छन्। पार्टीभित्रको विवाद साम्य हुने या नहुने कुरा यहीबीचको २ दिनपछि थाहा हुने नेकपाका नेताहरुले बताएक छन् ।
दुई नेताहरुले बल्ल पार्टीभित्रको विवादको विषयलाई उठान गरेर छलफल थालेको र अब २ दिनपछि निश्कर्षमा पुग्न सक्ने स्रोतले जनाएको हो । यसबीच स्थायी समिति सदस्य सुवास नेम्वाङले सोमबार बालुवाटारमा भएको डेढ घण्टा लामो छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको र सहमति नभएसम्म बैठक निरन्तर बसिरहने बताएका छन् ।
त्यस्तै नेकपाका एक नेताले दुई अध्यक्षबीचको छलफलले पार्टीलाई विभाजनबाट रोकेको बताएका छन् । दुई अध्यक्षबीचमा समझदारी कायम भए त्यसलाई स्थायी समितिले अनुमोदन गर्ने उनको भनाइ छ। यसकारण नेकपाबीच सहमति हुन्छ या विभाजको मुखमा पुग्छ भन्ने कुरा आउँदो २ दिनपछि थाहा हुने भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।