आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको बिशेष

कुर्सी फुत्किन लागेपछि ओलीले यी मन्त्रीहरू फाल्ने, मन्त्रीनिवास पुल्चोकमा खैलाबैला

कुर्सी फुत्किन लागेपछि ओलीले यी मन्त्रीहरू फाल्ने, मन्त्रीनिवास पुल्चोकमा खैलाबैला

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 93.6K
    SHARES

  • कुर्सी फुत्किन लागेपछि ओलीले यी मन्त्रीहरू फाल्ने, मन्त्रीनिवास पुल्चोकमा खैलाबैला
    प्रचण्ड र ओली

    काठमाडौं-  झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो सत्ता बचाउनका मन्त्रिमण्डल पुनःगठनको तयारी गरेका छन् ।

    पार्टीभित्रैबाट सरकारलाई असहयोग भएपछि तनाबमा परेका ओलीले कुर्सी बचाउन मन्त्रिमण्डल पुनःगठनको गृहकार्य शुरु गरेका हुन् । ओलीले हालका केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउनका लागि किचन क्याबिनेटमा छलफल शुरु गरेका छन् ।

    सरकारले गरेका राम्रा कामहरूमा पनि नेकपाका नेताहरूले खुलेर समर्थन र प्रचारहरू गरेका छैनन् । सरकारका नराम्रा कामहरूको भने नेकपाकै नेताहरूले विरोध गरिरहेका छन् ।

    कोरोना भाइरसको संक्रमण रोकथाममा काम गर्न नसेकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, भारतसँग सम्बन्ध विगारेको, चीनसँग लम्पसार परेको, सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा सल्लाह नगरेको जस्ता आरोप ओलीलाई छ ।

    उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पयर्टटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतको कामबाट ओली सन्तुष्ट छैनन् ।

    कोरोनाको महामारी भएका बेला स्वास्थ्य सामग्री खरिदमा अर्बौ रुपियाँ घोटाला भएका छन् । घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयलाई जानकारी लिन बोलाइसकेको छ ।

    कम्युनिस्ट सरकार अलोकप्रिय बनिरहेका बेला ओलीले कुर्सी बचाउन नयाँ रणनीति ल्याएका हुन् । उनको यो रणनीतिले काम गर्छ वा गर्दैन भविष्यमा थाहा हुनेछ ।

    हालै बसेको सचिवालयको बैठकमा उपाध्यक्ष बामदेव गौतमले ओलीलाई साथ दिन नसक्ने बताएका थिए । त्यसपछि ओली तनाबमा परेका एक नेताले बताएका छन् ।

    ओली र उनको सरकारलाई नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक स्थानमा अहिलेसम्म बचाउ गरेका छैनन् । बरु असन्तुष्टिहरू व्यक्त गर्दै आएका छन् ।

    वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरूले पनि सरकारको कामकारबाहीको आलोचना गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend