काठमाडौं– आफ्नै पार्टीको निर्णय विरुद्ध पूवमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य मातृका यादव उत्रिएका छन्। उनले अंगीकृत नागरिकतासम्बन्धी पार्टीले लिएको पछिल्लो निर्णयप्रति असहमति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘हाम्रो पार्टी नेकपाको सचिवालयले गरेको निर्णयप्रति पूर्ण असहमति छ ।
उक्त सातवर्षे प्रावधानले सात वर्षसम्म राज्यविहीन बनाउँदै राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ ।
यसप्रकारका निर्णयले मधेसी समुदाय मात्र नभई समग्र महिलाको पनि प्रगति, विकास र समृद्धिमा ठूलो कुठाराघात हुने देखिन्छ ।’ उनले भनेका छन्, ‘सिमानामा बस्ने नेपालीहरुले भारतीयसँग व्यापक रुपमा वैवाहिक सम्बन्ध गाँस्ने गरेकाले उक्त ७ वर्षे प्रावधानले नेपाली बुहारीहरुलाई ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र साँस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ ।’ नेकपा सचिवालयको शनिबारको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिन उपयुक्त हुने निर्णय लिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।