आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मृतकको सङ्ख्या एक हजार ४५४ पुग्यो, चार हजार ७१८ जना अझै बेपत्ता

मृतकको सङ्ख्या एक हजार ४५४ पुग्यो, चार हजार ७१८ जना अझै बेपत्ता

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०८३

  • 339
    SHARES

  • मृतकको सङ्ख्या एक हजार ४५४ पुग्यो, चार हजार ७१८ जना अझै बेपत्ता

    काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म एक हजार ४५४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

    नेपाल प्रहरीका अनुसार बुधबार बिहान ५:०० बजेसम्म प्राप्त अद्यावधिक विवरणअनुसार बाढी प्रभावित क्षेत्र तथा तटीय जिल्लाहरूबाट एक हजार ४५२ जनाको शव फेला परेको छ भने घाइते भएकामध्ये २ जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।

    फेला परेका शवहरूमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना रहेका छन्।

    फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायतका आवश्यक कानुनी तथा प्राविधिक प्रक्रियाहरू पूरा गरी हालसम्म एक हजार ३३४ वटा शवहरूको व्यवस्थापन (माटोमुनि सुरक्षित रूपमा राखिएको) गरिएको छ।

    शव पहिचानका लागि मृतकका एक हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।

    साथै, पहिचान हुन नसकेका एक हजार ४२१ वटा शवहरूको विस्तृत विवरण सर्वसाधारणको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत अपलोड गरिएको छ।

    बाढी प्रभावित क्षेत्रहरूमा उद्धार, खोज, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यहरूलाई तीव्रता दिन हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएका छन्।

    बाढीका कारण हालसम्म बेपत्ता रहेका ४ हजार ७१८ जना नागरिकहरूको खोजी कार्य निरन्तर जारी रहेको छ। यसैगरी, बाढीबाट प्रभावित भई विस्थापित बनेका विभिन्न जिल्लाका एक हजार २३४ जना व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा राखिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन १४ २०८३०८:४१:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend