काठमाडौँ - देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागमा मेघगर्जन तथा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
तराई क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।