शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

रसुवा बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

रसुवा बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०८३

  • 198
    SHARES

  • रसुवा बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

    काठमाडौँ - रसुवा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

    वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।

    कम्पनीका अनुसार बाढी तथा पहिरोका कारण आफ्नै नेटवर्क र पूर्वाधारमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो। तर प्रभावित नागरिक लामो समय सञ्चार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सेवा पुनर्निर्माणलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

    बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको मर्मत तथा पुनर्निर्माण गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको वर्ल्डलिंकको दाबी छ। सडक, विद्युत् लगायतका पूर्वाधारमा क्षति पुगेको कठिन अवस्थामा समेत कम्पनीका प्राविधिक तथा सम्बन्धित टोली प्रभावित क्षेत्रमा खटिएर नेटवर्क पुनः सञ्चालनमा ल्याउन सक्रिय भएका थिए।

    वर्ल्डलिंकले विपद्को समयमा इन्टरनेट सेवा सूचना तथा सञ्चारको माध्यम मात्र नभई उद्धार, राहत वितरण र आपत्कालीन समन्वयका लागि समेत महत्वपूर्ण हुने जनाएको छ। त्यसैले विपद्का बेला सेवा निरन्तर राख्नु सामाजिक उत्तरदायित्वकै हिस्सा भएको कम्पनीको भनाइ छ।

    कम्पनीका अनुसार पछिल्लो सहयोग कुनै व्यावसायिक स्वार्थभन्दा बाहिर रहेर मानवीय तथा राष्ट्रिय दायित्वका रूपमा प्रदान गरिएको हो। आफ्नै पूर्वाधारमा ठूलो क्षति भए पनि बाढी तथा पहिरो प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको वर्ल्डलिंकले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०८३११:४१:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend