काठमाडौँ - रसुवाको बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री तथा हैजाविरुद्धको खोप व्यवस्थापन तीव्र बनाएको छ।
मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज (९२३ बक्स) हैजाविरुद्धको खोप पठाएको छ। त्यससँगै १० थान फ्रिज, १० थान फ्रि भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ।
रसुवाका लागि भने मन्त्रालयले यसअघि नै हेलिकोप्टरमार्फत हैजाविरुद्धको खोप पठाइसकेको छ। बिहीबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएकाले हैजा लगायतका पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जोखिम बढेको मन्त्रालयले जनाएको छ। सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।