आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाढी–पहिरोका कारण प्रमुख सडक प्रभावित, केही खण्डमा आवागमनमा समय तोकियो

बाढी–पहिरोका कारण प्रमुख सडक प्रभावित, केही खण्डमा आवागमनमा समय तोकियो

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०८३

  • 372
    SHARES

  • बाढी–पहिरोका कारण प्रमुख सडक प्रभावित, केही खण्डमा आवागमनमा समय तोकियो
    फाइल तस्बिर

    काठमाडौँ - अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग र सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:३५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

    काठमाडौं–धादिङ सीमा क्षेत्रमा पर्ने चन्द्रागिरि नगरपालिका–२, चिसापानीमा पहिरोका कारण अवरुद्ध सडक खण्ड अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

    यसैगरी, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र, मौसम तथा सडकको अवस्थाको मूल्याङ्कन गरेर सवारी सञ्चालन गरिनेछ।

    रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा आएको बाढीका कारण त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।

    त्यस्तै, शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

    प्रहरीले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १८ २०८३१०:५२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend