शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

उपत्यका बाहिर भर्न थालियो ग्यास, अभाव नहुने आश्वासन

उपत्यका बाहिर भर्न थालियो ग्यास, अभाव नहुने आश्वासन

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०८३

  • 342
    SHARES

  • उपत्यका बाहिर भर्न थालियो ग्यास, अभाव नहुने आश्वासन

    काठमाडौँ - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर अवरुद्ध भएपछि ग्यास बोकेका बुलेट राजधानी भित्रिन नसेका कारण उपत्यका बाहिर ग्यास बोटलिङ (भरिने) कार्य सुरु गरिएको छ।

    मुख्य सडक अवरुद्ध भएपछि नेपाल आयल निगमको अनुमतिमा उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगहरूले बाहिरका उद्योगहरूसँग समन्वय गरी ग्यास भर्न थालेका हुन्।

    नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार उपत्यका र छिमेकी जिल्लाहरूमा मात्रै कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्ने भएकाले सहज आपूर्तिको लागि यो विकल्प अपनाइएको हो। उपत्यका र आसपासका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका अन्य उद्योगहरूसँग समन्वय गरी ग्यास भर्ने प्रबन्ध मिलाएका छन्।

    सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक पूर्ण रूपमा नखुलेसम्म बाहिर भरेर वैकल्पिक मार्गहरू विशेष गरी त्रिभुवन राजपथमार्फत ग्यास काठमाडौँ लगिने जानकारी दिएका छन्। उनका अनुसार श्री ग्यासले बाबामा, श्रीकृष्णले साइबाबामा, श्रीरामले जानकीमा तथा नेपाल, एभरेष्ट र सुगम ग्यासले क्रमशः नेपाल गण्डकी, साहारा लगायतका उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन् भने अन्य उद्योगहरूले पनि सोही अनुरूप व्यवस्था मिलाएका छन्।

    राजधानी बाहिर ग्यास भर्ने काम तिब्र रूपमा सुरु भइसकेकाले बजारमा ग्यासको कुनै पनि अभाव नहुने स्पष्ट पार्दै व्यवसायीहरूले उपभोक्ताहरूलाई अनावश्यक रूपमा जगेडा वा सिलिन्डर थुपार्न नपर्ने आग्रह गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २४ २०८३०१:४०:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend