आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको चुनावी सभामा चिनजान, कस्मेटिक सामान बेच्ने बहानामा होटलमा लगेर बलात्कार

एमालेको चुनावी सभामा चिनजान, कस्मेटिक सामान बेच्ने बहानामा होटलमा लगेर बलात्कार

  • sobiztrend
  • सोमवार, बैशाख १४ २०८३

  • 645
    SHARES

  • एमालेको चुनावी सभामा चिनजान, कस्मेटिक सामान बेच्ने बहानामा होटलमा लगेर बलात्कार
    फाइल तस्बिर

    कैलाली - कैलालीमा एक ३६ वर्षीय पुरुषले एमालेको चुनावी सभामा चिनजान भएकी एक महिलालाई कस्मेटिक सामान बिक्री गराइदिने बहानामा होटलमा लगेर जबर्जस्ती करणी गरेको खुलेको छ। जिल्ला सरकारी वकिल कार्यालय कैलालीले लम्कीचुहा नगरपालिका-१ भुरुवाका ३६ वर्षीय प्रेमप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरेसँगै यो घटना बाहिर आएको हो।

    अभियोगपत्र र प्रतिवादीको बयानमा उल्लेख भएअनुसार, न्यौपाने र पीडितबीच २०८२ फागुन ५ वा ६ गतेतिर भएको एमालेको चुनावी कार्यक्रममा पहिलोपटक चिनजान भएको थियो। त्यसपछि उनीहरूबीच फोन र ह्वाट्सएपमा कुराकानी हुन थालेको थियो। चिनजानकै फाइदा उठाउँदै फागुन १५ गते दिउँसो न्यौपानेले महिलालाई ‘ब्युटी प्रोडक्ट’ बिक्री गराइदिने र खरिद गर्ने मान्छे चिनाइदिने भन्दै आफ्नो मोटरसाइकलमा राखेर टीकापुरतर्फ लगेका थिए।

    तर, उनले महिलालाई जोशीपुर गाउँपालिका-४ झबहीस्थित ‘थारु फुडल्याण्ड’ नामक होटलमा पुर्याएका थिए। जाहेरीमा उल्लेख भएअनुसार, होटलको कोठा नम्बर ४ मा लगेर न्यौपानेले महिलालाई जबर्जस्ती बियर खुवाएका थिए। त्यसपछि ज्यान मार्ने धम्की दिँदै कुटपिट गरी उनले महिलामाथि जबर्जस्ती करणी गरेका थिए। करणीपछि कसैलाई भने ज्यान मारिदिने धम्की दिँदै न्यौपानेले महिलालाई गर्भनिरोधक चक्कीसमेत खान बाध्य पारेको अभियोगपत्रमा उल्लेख छ।

    अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा प्रतिवादी न्यौपानेले आरोप अस्वीकार गरेका थिए। उनले घटना भएको भनिएको मितिमा आफू उपचारका लागि काठमाडौंको कोटेश्वरस्थित प्राइमेटिक अस्पतालमा रहेको र आफूले दिएको पैसा फिर्ता माग्दा महिलाले झुटो मुद्दा हालेको दाबी गरेका थिए। तर, प्रहरीको अनुसन्धानले उनको दाबीलाई झुटो सावित गरिदिएको छ।

    होटलका कर्मचारी र सञ्चालकले न्यौपाने र ती महिला होटलको कोठा नम्बर ४ मा बसेर बियर र खाना खाएको बयान दिएका छन्। त्यसैगरी, मोबाइलको कल डिटेल रेकर्ड र लोकेसनले पनि उनी सोही दिन जोशीपुरमै रहेको देखाएको छ। सबैभन्दा बलियो प्रमाणका रूपमा घटनापछि न्यौपानेले महिलासँग फोनमा गल्ती स्वीकार गर्दै ‘एकपटकलाई माफ दिनुहोस्’ भनेर बोलेको अडियो रेकर्ड नै सरकारी वकिलले अदालतमा पेस गरेका छन्।

    यथेष्ट प्रमाणहरूका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले न्यौपानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ बमोजिम जबर्जस्ती करणीको कसुरमा कडा सजाय र पीडितलाई मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ।  यो समाचार उकेरा डटकममा छापिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend