आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

कलंकको टीका लगाएर मुलुकलाई तहसनहस पारेका भष्मासुर ओली

कलंकको टीका लगाएर मुलुकलाई तहसनहस पारेका भष्मासुर ओली

  • कृष्ण प्रसाद पहाडी
  • बिहिवार, आश्विन २ २०८२

  • 3.6K
    SHARES

  • कलंकको टीका लगाएर मुलुकलाई तहसनहस पारेका भष्मासुर ओली

    काठमाडौं - तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भष्मासुर प्रवृत्तिले मुलुक अहिले गम्भीर संकटमा परेको छ । नेपाली कांग्रेसको साथ पाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी आन्दोलन हुनु अघिल्लो दिन लागेको थियो- केटाकेटीले केही गर्न सक्दैनन् । तर, उनले भनेका 'केटाकेटी' बाटै आज ओलीको पतन भएको छ भने यसको निकै ठूलो मूल्य मुलुकले चुकाउनु परेको छ ।

    जेनजी आन्दोलनअघि पार्टीको बैठकमा ओलीले निकै निकृष्ट तहमा गिरेर सम्बोधन गर्दै लुटेरा समूहको संज्ञा दिएका थिए । यसरी निकै घमण्ड र अरुलाई मान्छे नै ठान्‍ने ओलीको भष्मासुर प्रवृत्तीकै कारण आज मुलुक गम्भीर आर्थिक, भौतिक, सामाजिक संकटको सामना गर्नुपरेको छ भने नेपालीहरु मनोवैज्ञानिकरुपमा विचलित हुनुपर्ने स्थिति सिर्जना भएको छ ।

    प्रधानमन्त्री पदमा रहँदा 'राज्य नै म हो भन्‍ने लुई' १४ औंको जस्तै प्रवृत्तीका कारण राज्यशक्तिको दोहन गरिरहेका ओली पदच्युत मात्र भएनन्, निजी निवाससमेत खरानी बनेको छ । हिजो सत्ता, शक्ति र स्रोतको एकल परिचालक बनेका ओलीको इशारामा मुलुकमा जस्तोसुकै परिस्थिति निर्माण हुने अवस्था थियो । तर, आज तीनै ओली लुक्दै सेनाको शरणमा बस्‍नुपर्ने र सेनाले शरण दिन छोडेपछि कोठा खोज्दै हिँड्‍नुपर्ने स्थिति सिर्जना भएको छ ।

    बङ्गलादेश, श्रीलङ्का, म्यानमार जस्ता पूर्वी एसियाका देशमा भएका विद्रोहले परम्परागत मान्यतालाई भत्काइदिएको थियो । पूर्वी एसियामा सल्किएको आगोबाट नेपाल पनि अछुतो रहन सकेन । यद्यपि, नेपालमा भने दुई दिनमै सत्ताको जग मात्र हल्लाएन, परम्परागत पार्टीलाई रसातलमा पुर्‍याइदिएको छ । रसातलमा पुग्दा पनि ओलीको दम्भ र भष्मासुर प्रवृत्ती भने परिवर्तन भएको देखिँदैन ।

    यो देशको सर्वोच्च निकायमा बसेर १९ जना किशोरमाथि गोली बर्साउँदा पनि ओली बालुवाटारमा 'निरोको बाँसुरी' खोजिरहेका थिए । भदौ २४ गते बिहानदेखि जब नेताहरुका व्यक्तिगत सम्पत्तिमा आगजनी हुन थाल्यो, त्यसपछि पनि उनले सुरक्षा निकायालाई आन्दोलन दबाउन निर्देशन दिइरहेका थिए । ओलीको निर्देशन मानेर जनता मार्ने स्थितिबाट सुरक्षा निकाय ब्याक भएपछि भने ओली भाग्‍नुपर्ने स्थितिमा पुगेका थिए । 

    पटक-पटक संविधान मास्‍ने प्रयास गरेका ओलीले आज त्यही संविधानको आलाप गाइरहेका छन् । यो भन्दा निकृष्ट नाटक के नै हुनसक्छ र ? राष्ट्रवादको नाम जपेर मुलुकलाई पराधीन बनाएर कलंकको टीका पनि कलंकित हुने गरी ओली फेरि अराजकता सिर्जना गर्ने दिशातर्फ अघि बढिरहेका छन् । यसबाट सम्पूर्ण नेपालीहरु सजग र सचेत हुन आवश्यक छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २ २०८२०७:३७:४८

    कृष्ण प्रसाद पहाडी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend