आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्रीका रूपमा लालकिल्लाबाट १२ औँ पटक राष्ट्रिय झण्डा फहराउँदै मोदी

प्रधानमन्त्रीका रूपमा लालकिल्लाबाट १२ औँ पटक राष्ट्रिय झण्डा फहराउँदै मोदी

  • मिडिया डबली
  • बिहिवार, श्रावण ३० २०८२

  • 843
    SHARES

  • प्रधानमन्त्रीका रूपमा लालकिल्लाबाट १२ औँ पटक राष्ट्रिय झण्डा फहराउँदै मोदी

    नयाँदिल्ली - भारतले शुक्रबार ७९ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लामा राष्ट्रिय झण्डा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन् । यस पटकको विषयवस्तु ‘नयाँ भारत’ हो ।

    मोदीले दिल्लीको लालकिल्लाको पर्खालबाट लगातार १२ औं पटक राष्ट्रलाई सम्बोधन गर्नेछन् । आफ्नो सम्बोधन मार्फत प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई भारतको दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

    साथै सम्पूर्ण सम्बोधन सेनाको वीरतामा समर्पित हुनेछ। यस वर्ष, पहिलो पटक ११ अग्निवीरहरूले राष्ट्रिय गान बजाउने ब्यान्डमा भाग लिनेछन् । साथै निमन्त्रणा कार्डमा अपरेशन सिन्दूरको लोगो र चेनाब पुलको वाटरमार्क रहेको छ जसले नयाँ भारतको उदयलाई देखाउँछ ।

    मोदीले स्वतन्त्रता दिवसमा लगातार १२ औँ पटक लाल किल्लामा राष्ट्रिय झण्डा फहराउने छन् । उनी त्यसो गर्ने तेस्रो प्रधानमन्त्री हुन् । उनीभन्दा पहिले पण्डित जवाहरलाल नेहरूले १७ पटक र इन्दिरा गान्धीले १६ पटक लाल किल्लाबाट झण्डा फहराएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ३० २०८२११:२५:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend