आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता हुँदै

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता हुँदै

  • मिडिया डबली
  • आइतवार, श्रावण ५ २०८२

  • 1.0K
    SHARES

  • अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता हुँदै

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच आज दिउँसो ३ बजे समसामयिक राजनीतिक विषयमा छलफल हुने समय तय भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो च्यासलमा भेटवार्ता हुनेछ । 

    एमाले पोलिटब्युरो बैठकले शनिबार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको थियो । सोअघि विधान मस्यौदाबारे सचिवालय बैठकमा छलफल भएको थियो । 

    पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान मस्यौदामा उमेर हद ७० वर्ष खारेज गर्ने र दुई कार्यकाल व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उहाँको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएको छ । आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरुको भनाइ छ । 

    प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपतिबिच पार्टीको आन्तरिक विषयमा छलफल हुने भएपछि चासोका साथ हेरिएको छ । पूर्व राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय राजकुमार राईले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिनुभयो । दुई नेताहरुबिचको भेटले पार्टीको आन्तरिक जीवनमा सकारात्मक सन्देश प्रवाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ५ २०८२०२:५४:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend