आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालको लगातार दोस्रो जित

एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालको लगातार दोस्रो जित

  • मिडिया डबली डेक्स
  • मंगलवार, आषाढ १० २०८२

  • 627
    SHARES

  • एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालको लगातार दोस्रो जित

    काठमाडौं । नेपालले मलेसियामा भएहरेको एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । क्वालालम्बपुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार नेपालले जापानलाई ९ विकेटले हराएको हो ।

    जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे । शिवांशले ४२ बल खेल्दा ७ चौका प्रहार गरे । ३३ बल खेलेका प्रसिद्धले ३ चौका प्रहार गरे ।

    तेस्रो ओभरमै औपनर जोए थापा व्यक्तिगत १ रनमा बनाएर आउट भएपनि शिवांश र प्रसिद्धले दोस्रो विकेटको लागि अविजित ७६ रनको साझेदारी गर्दै जित दिलाए । जापानका काइसेई डोगे६ले १ विकेट लिए ।

    त्यसअघि बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको थियो ।

    टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । गाबी हाराहिन्जले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालक लागि शुभम खनालले १० ओभरमा १५ रन मात्र दिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

    नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

    लगातार दोस्रो जितपछि दुई खेलमा ४ अंक जोडेर नेपाल समूह ए को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको जापान २ खेलबाट २ अंकसहित दोस्रोमा छ ।

    नेपालले अब तेस्रो खेलमा २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ ।

    यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १० २०८२१२:००:००

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend