आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग पराजित

अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग पराजित

  • मिडिया डबली डेक्स
  • शनिवार, आषाढ ७ २०८२

  • 747
    SHARES

  • अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग पराजित

    काठमाडौं । स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।

    नेपाल शुक्रवार घरेलु टोलीसँग ३४ रनले पराजित भयो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो ।

    नेपाली टोलीका रुपेश सिंहले २२ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे ।

    कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रन जोडे । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए ।

    स्कटल्याण्डका क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको बनायो ।

    स्कटल्याण्डका ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७८ रन बनाए । स्कटल्याण्डका मन्सी कुशल भुर्तेलको बलमा कप्तान रोहितबाट क्याच आउट भए ।

    पहिलो विकेटका लागि मार्क वाटसँग मन्सीले ३४ रनको साझेदारी गरे । वाट ९ बलमा ९ रन जोड्दै रुपेशको बलमा बोल्ड आउट भए ।

    तेस्रो विकेटका लागि मन्सीले ब्रण्डन मकमलनसँग ५६ बलमा १ सय रनको साझेदारी गरे । मकमलन ३० बलमा ४ चौका र १ छक्कासहितमा ४२ रन बनाए ।

    माइकल लिस्क १७ बलमा २६ तथा म्याथ्यु क्रस १३ बलमा १७ रन बनाउदै अविजित रहे । कप्तान रिची बेंरिग्टन ९ रन बनाउँदै कुशलको बलमा लोकेश बमद्वारा समातिए ।

    नेपालका कुशलले २, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेशले समान १ विकेट लिए ।

    स्कटल्याण्ड ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहँदै सिरिजको च्याम्पियन भएको छ । नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ अंकतालिकाको दोस्रो स्थानमा रह्यो । अंक बराबरी भएपनि नेपाल रनरेटमा पछि पर्यो । नेदरल्याण्ड्स तेस्रो भयो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ ७ २०८२०७:३६:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend