आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तानमा शुबमन गिल नियुक्त

भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तानमा शुबमन गिल नियुक्त

  • मिडिया डबली डेक्स
  • शनिवार, जेठ ११ २०८२

  • 1.1K
    SHARES

  • भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तानमा शुबमन गिल नियुक्त

    काठमाडौं । भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुबमन गिल बनेका छन्। शीर्षक्रमका ब्याट्सम्यान शुभमन गिलले हालै अवकाश लिएका रोहित शर्माको स्थान लिएका हुन्। 

    भारतीय क्रिकेट नियन्त्रण बोर्डले एक पत्रकार सम्मेलनमा गिललाई टेस्ट टोलीको नयाँ कप्तान घोषणा गरेको हो। दायाँ हाते ब्याट्सम्यान गिलले अहिलेसम्म भारतका लागि ३२ टेस्ट खेल खेलेका छन् । जसमा उनले पाँच शतकसहति १८९३ रन बनाएका छन्। 

    गिलले यसअघि टी–ट्वान्टी आई ढाँचामा भारतको कप्तानी गरिसकेका छन्। जुलाई २०२४ मा जिम्बाब्वेमा भएको पाँच खेलको शृङ्खलामा उनले टोलीको नेतृत्व गरेका थिए।

    टेस्ट कप्तानको रूपमा गिलको पहिलो नेतृत्व इङ्गल्याण्डको भ्रमणमा हुनेछ। उनको नेतृत्वमा उक्त टेस्ट श्रृंखलाका लागि भारतले टोली घोषणा गरेको छ। 

    टोलीमा शुभमन गिल (कप्तान), ऋषभ पन्त (उप–कप्तान, विकेटकिपर), यशस्वी जयस्वाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश कुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ११ २०८२०२:२८:४५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend