काठमाडौं । ‘सोमबारे हाटैमा ढोल बज्यो’ बोलको गीत बजारमा आएको छ । गायक बिनोद बराइली र रञ्जिता विश्वकर्माको स्वर रहेको गीत मंगलबार (हिजो) सार्वजनिक भएको हो ।
शिब हमालको शब्द रचनामा सार्वजनिक गरिएको गीतमा लक्ष्मी थापा मगर र धनबहादुर बरालको अभिनय देख्न सकिन्छ ।
गीतमा चेतन गोतामेको एरेन्ज, बिनोद परियारको अडियो सम्पादन रहेको छ । ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिर्ङ लक्ष्मण सेन्चुरी गरेका छन ।
कमल भक्तको निर्देशनमा तथा कोरियोग्राफीमा तयार भएको गीतमा सहायक निर्देशका रुपमा प्रितम थेङ तामाङ रहेको छ ।
नविन घर्ती मगरले सम्पादन तथा कलर रहेको गीतको छयाङकन सुनिल भण्डारीले गरेको छन भने कविन खड्काको मेकअप रहेको छ ।
विजय डिजिटलको अडियो तथा भिडियो रहेको ‘सोमबारे हाटैमा ढोल बज्यो’ गीतमा साहसिक मनोरन्जनको पोस्ट प्रोडक्शन रहेको छ ।
भिडियो शिब हमाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।