काठमाडौं । नेपाली बजारमा सुन उच्च मूल्यले बढेको छ। आज सुन ५ हजार ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।