आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

  • शिब अधिकारी
  • मंगलवार, बैशाख १६ २०८२

  • 744
    SHARES

  • वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

    रुपन्देही । नगर खेलकुद समिति सैनामैना नगरपालिकाको आयोजनामा हुन लागेको वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

    “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक किरण तिवारीले जानकारी दिनुभएको छ ।

    सैनामैना नगरपालिका ७ लम्टिया स्थित गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । पालिकामा रहेका ११ वडा वडाहरु बीच हुने प्रतियोगिताको पहिलो खेलमा बुधबार बिहान ८ बजे वडा नम्बर ८ र वडा नम्बर ५ का बीच प्रतिस्पर्धा हुनेछ ।

    भोलि कुल ४ खेल खेलाइने जानकारी दिँदै खेल संयोजक किरण तिवारीले दोस्रो खेल वडा नम्बर ६ र वडा नम्बर २, तेस्रो खेल वडा नम्बर १ र वडा नम्बर ७ तथा चौँथो खेल वडा नम्बर १० र वडा नम्बर ३ का बीच हुने बताउनुभयो ।

    प्रतियोगिताको दोस्रो दिन समुह चरणका सबै खेल र पहिलो सेमिफाईनल खेल हुनेछ । बिहिबार हुने पहिलो खेलमा वडा नम्बर ११ ले वडा नम्बर ९, दोस्रो खेलमा वडा नम्बर ४ ले खेल नम्बर ४ को विजेतासँग खेल्नेछ ।

    त्यस्तै, सोही दिन पहिलो सेमिफाईनल खेल हुने संयोजक तिवारीले बताउनुभयो । उहाँले समापनका दिन शुक्रबार दोस्रो सेमिफाईनल र फाईनल गरि दुई खेल हुने बताउनुभएको छ ।

    पछिल्लो समय खेलमय बनेको सैनामैनामा यो प्रतियोगिताले थप रौनक थप्ने र स्थानीय खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ ।

    प्रतियोगितामा जित हात पार्ने टोलीले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता टोलीले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

    प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले गर्ने तय भएको छ ।

    खेलकुदको हबका रुपमा विकास हुँदै गएको सैनामैनामा हालै राष्ट्रिय पुरुष भलिबल, अन्तराष्ट्रिय आमन्त्रण फुटबल, वडा कप फुटबल, क्लब स्तरीय भलिबल लगायतका प्रतियोगिता सम्पन्न भएका छन् ।

    खेलकुदको हबका रुपमा विकास हुुँदै गएको सैनामैनामा क्रिकेट प्रतियोगिता हुँदै खेलकुदको हबका रुपमा विकास हुुँदै गएको सैनामैनामा क्रिकेट प्रतियोगिता हुँदै

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १६ २०८२०४:५१:२४

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend