आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

  • शिब अधिकारी
  • मंगलवार, बैशाख २ २०८२

  • 723
    SHARES

  • सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

    रुपन्देही । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्रो (क्यालेनडर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

    भित्ते पात्रो (क्यालेनडर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम

    कार्यक्रममा नयाँ बर्ष २०८२ को शुभकामना दिदैँ शर्माले सञ्चार क्षेत्रमा रेडियोको भूमिका र योगदानको बारेमा समेत चर्चा गर्नु भएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको रेडियो सैनामैनाले आज भित्ते पात्रो विमोचन गरेको हो ।

    भित्ते पात्रो विमोचन कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम रेडियो सैनामैनाका अध्यक्ष कमला न्यौपानेको अध्यक्षता, सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य गोविन्द प्रसाद लम्साल, कांग्रेस सैनामैनाका सभापति रण बहादुर खनाल, रेडियो सैनामैनाका सल्लाहकार तथा पूर्व अध्यक्ष तिलब केसी, सेयर सदस्यहरु तथा पत्रकारहरुको आतिथ्यतामा सम्पन्न भएको हो।

    भित्ते पात्रो (क्यालेनडर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम

    कार्यक्रममा रेडियो सैनामैनाका कोषाध्यक्ष टेक बहादुर रेश्मीको स्वागत मन्तब्य रहेको थियो भने प्रमुख अतिथी नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, सल्लाहकारहरु क्रमश रण बहादुर खनाल, तिलब केसी, लक्ष्मी जोशी र गोविन्द लम्सालले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रम रेडियोका महासचिब शुशिला पन्त शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २ २०८२११:३४:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend