सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

प्रथम बीवाईसी कपको उपाधी मणिमुकुन्द लाई

प्रथम बीवाईसी कपको उपाधी मणिमुकुन्द लाई

  • शिब अधिकारी
  • शनिवार, चैत्र २९ २०८१

  • 1.1K
    SHARES

  • प्रथम बीवाईसी कपको उपाधी मणिमुकुन्द लाई

    सैनामैना । प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द भलिबल क्लब बुटवलले हात पारेको छ । शनिबार आज भएको फाईनल खेलमा मणिमुकुन्दले न्यू होराईजोन बुटवललाई ३-० को सोझो सेटमा पाखा लगाउँदै उपाधी चुमेको हो ।

    उपाधी रक्षाका लागि मणिमुकुन्दले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै होराईजोनलाई उपविजेतामा सिमित हुन बाध्य बनाएको थियो ।

    "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बुद्धनगर युवा क्लबको आयोजनामा चैत्र २७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन सेमिफाईनल र फाईनल खेल भएका थिए ।

    आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक बुद्धनगर युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै होराईजोन फाईनल प्रवेश गरेको थियो । उसले फाईनलमा स्थान सुरक्षा गर्न बुद्धनगर युवा क्लबलाई पहिलो सेट २५–२०, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–२१ ले हराएको थियो ।

    त्यस्तै, निकै नै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाईनल खेल मणिमुकुन्दले ३-२ को सेट अन्तरले आफ्नो पक्षमा पार्दै फाईनलमा स्थान बनाएको थियो । उसले गोलपार्क स्र्पोटस् क्लबलाई पहिलो सेट २५-१७, चौथो सेट २७-२५ र पाचौँ सेट १५-१० ले जितेको थियो । दोस्रो र तेस्रो सेट भने क्रमश २५-२१ र २५-१४ ले गोलपार्कले आफ्नो पक्षमा पारेको थियो ।

    फाईनल खेलमा न्यू होराईजोनलाई हराएसँगै मणिमुकुन्दले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको न्यु होराइजनले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने गोलपार्क भलिबल क्लब र आयोजक बुद्धनगर युवा क्लबले समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

    त्यस्तै, विधागत तर्फ उत्कृष्ट लिब्रो सौरभ सिंंजली, उत्कृष्ट सर्भर राजन तरामु, उत्कृष्ट स्पाईकर प्रदीप चौधरी, उत्कृष्ट सेटर लोकेन्द्र भण्डारी, उत्कृष्ट ब्लकर चिरन खड्का र उत्कृष्ट खेलाडी रेशम बि.क. बन्न सफल भएका छन् ।

    प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय अध्यक्ष गोविन्द खनालले खेलले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउने बताउनुभयो ।

    युवा क्लबहरुले आयोजना गर्ने यस किसिमको खेल प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्नुका साथै खेल क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

    उहाँले सैनामैनामा हुने राष्ट्रिय र वडास्तरका खेल प्रतियोगिताले यस क्षेत्रका खेलाडीलाई अनुभवी खेलाडीहरुसँँग खेल्दा खेल सिकाईमा मदत पुग्नेछ भने वडा स्तरका खेलले नव प्रतिभाको पहिचान, खेलाडी उत्पादन र खेल क्षमता विकासमा उत्तिकै सहयोग पुग्नले उदायमान खेलाडीहरुलाई राष्ट्रियस्तरसम्म खेल खेल्ने वातावरण बनाउन र खेलकुद विकासलाई अगाडि बढाउन सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २५ २०८१०६:२४:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend