आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रथम बीवाईसी कप आजदेखि, पहिलो दिन २ खेल हुदै

प्रथम बीवाईसी कप आजदेखि, पहिलो दिन २ खेल हुदै

  • शिब अधिकारी
  • बुधवार, चैत्र २६ २०८१

  • 570
    SHARES

  • प्रथम बीवाईसी कप आजदेखि, पहिलो दिन २ खेल हुदै

    रुपन्देही । प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता बुधबार (आज)बाट सुरु हुदैछ । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा आजबाट चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हो ।

    “स्वास्थयका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा लाफा समुह बुटवलले आयोजक बुद्धनगरसँग खेल्दा आजै हुने दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले गोल्डेन युवा क्लबसँग खेल्ने खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिए ।

    प्रतियोगितामा परासी युवा क्लब, लाफा समुह बुटवल, बुद्धनगर युवा क्लब, सृस्टी युवा क्लब, न्यू होराईजोन स्पोर्टस क्लब, मणिमुकुन्द भलिबल क्लब,गोल्डेन युवा क्लब,शुद्धोदन गाउँपालिका र स्पोर्टस क्लब सहभागि छन् ।

    प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ सय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

    त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २४ २०८१०७:५१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend