शिब अधिकारी, काठमाडौं । गीत–संगीत सिर्जना गर्ने स्रष्टाहरुले कानुनसम्मत पाउने रोयल्टी संकलन गर्नका लागि स्थापना भएको संगीत रोयल्टी संकलन समाज नेपाल विवादमा घेरिएको छ । स्रष्टाहरुले पाउनुपर्ने रोयल्टी उठाएर सरल रुपमा वितरण गर्नुपर्ने जिम्मेवारी पाएको समाजले स्रष्टाका निजी सिर्जनामा बलमिच्याई गरेको आरोप लागेको हो ।
संगीत रोयल्टी संकलन समाजमा दर्ता नभएका सिर्जनाहरुमा पनि समाजले अपनत्व ग्रहण गरेपछि स्रष्टाहरुले बलमिच्याईको आरोप लगाएका हुन । दर्ता नभएका सिर्जनाहरुमा आफूहरुको अपनत्व हुनुपर्नेमा युट्युव कपिराईट सेक्सनको कन्टेन्ट ओनरमा संगीत रोयल्टी संकलन समाज नेपाल देखाएपछि स्रष्टाहरुले आपत्ति जनाएका छन ।
आफूहरुले मिहनेत गरि सिर्जना गरेका सामाग्रीमा संगीत रोयल्टी संकलन समाजले अपनत्व ग्रहण गर्नु कलाकारको रोजिरोटी लुट्नु भएको संगीतकार तथा मोडल बिमल अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन । अधिकारीको उक्त स्ट्याटसमा अन्य थुप्रै सर्जकहरुले समर्थन जनाएको र समाजको दादागिरीका विरुद्ध आफूहरु एकजुट भएर लाग्ने उल्लेख गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।