दोलखा । १३ औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी चितवनले हात पारेको छ ।
दोलखाको बैतेश्वर ३ मिर्गे बजार प्राङ्गणमा शनिबार भएको फाइनल खेलमा नुवाकोटलाई सोझो सेटमा हराउदै चितवनले उपाधी चुमेको हो ।
बिजयी टिम चितवनले नगद ४ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता नुवाकोटले नगद २ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरे ।
तेस्रो हुँदै रामेछापले एक लाख र आयोजक टिम दोलखा सान्त्वना हुदै नगद ५० हजार पुरस्कारमा राशीमा चित्त बुजाए ।
नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश "क" को आयोजनामा आयोजित प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट नौ टिमले भाग लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।