बुटवल । महाबीर क्लव काठमाण्डौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
सैनामैना फुटवल क्लवको आयोजनामा विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै महाबीर क्लव सेमीफाईनल प्रवेश गरेको हो ।
महाबीरका तर्फबाट पहिलो र दोश्रो हाफमा भएको दुबै गोल महाबीरका जर्सी नंं १७ का खेलाडी सुरज चौधरीले गरेका थिए । उनी विहिवारको खेलको म्यान अफ दि म्याच घोषित भए ।
खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको महाबीरले एक दर्जन बढी अवसरलाई गोलमा सदुपयोग गर्न सकेन ।
उता हनामी बिएफसीको तर्फबाट दुईवटा राम्रा अवसर खेलाडीको मिस पासको कारण गोल पोष्ट चुम्न सकेनन ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटवल क्लव र भारतको सिक्कीम क्लवबीच हुनेछ ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।