आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ

नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ

  • एजेन्सी
  • बिहिवार, फाल्गुण ८ २०८१

  • 966
    SHARES

  • नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ

    काठमाडौं ।  भारतको केन्द्रीय राजधानी रहेको दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन्। उनको शपथ ग्रहण आज दिउँसो पौने १ बजे रामलिला मैदानमा हुनेछ। 

    २७ वर्षपछि सत्तामा फर्किएको भाजाले कुल ७० सिटमध्ये ४८ सिट जितेको छ।  बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

    बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो। ओमप्रकाश सहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो। 

    मुख्यमन्त्री गुप्ता सहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए। गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन्। उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन्। उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १२ २०८२०२:३६:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend