काठमाण्डौ । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार यही १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ ।
क्यानका अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसीबी वा सिएबाट लेभल–३ पार गरेको, कम्तिमा पाँच वर्ष व्यवसायिक रूपमा प्रशिक्षणको अनुभव भएको लगायत मापदण्ड तोकिएको छ । यसअघि मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल गएको माघ १९ मा सकिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षकविहिन छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।