आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गण्डकीमाथि मणिमुकुन्दको जित

गण्डकीमाथि मणिमुकुन्दको जित

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ २९ २०८१

  • 672
    SHARES

  • गण्डकीमाथि मणिमुकुन्दको जित

    सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पाँचौ दिन आज एक खेल सम्पन्न भएको छ । आज मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लब बीच प्रतियोगिता सम्पन्न भएको हो ।

    सम्पन्न प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लबले जित हात पार्दै समुह चरणका तीन खेल आफ्नो पक्षमा पारेको छ । आज गण्डकी प्रदेश भलिबल क्लबलाई मणिमुकुन्दले ३-२ को सेट अन्तरले पराजित गरेको हो ।

    लगतार दुई सेट जितेको मणिमुकुन्दले तेस्रो र चौँथो सेट गुमायो तर अन्तिम सेटमा मणिमुकुन्दले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । मणिमुकुन्दले पहिलो सेट २५-१९ दोसो सेट २५-१९ तथा पाँचौँ सेट १५-१४ ले जितेको हो ।

    गण्डकी प्रदेशले दोस्रो सेट २५-१८ तथा चौँथो सेट २५-२२ ले जिते पनि निर्णायक सेटमा चुकेको थियो ।

    प्रतियोगितामा भोलि दुई खेल हुनेछन् । पहिलो खेल गण्डकी र गल्कोटका बीच बिहान ११ बजे तथा एपीएफ र आर्मी बीच दिउँसो १ बजे दोस्रो खेल हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २९ २०८१०६:३५:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend